विदेशबाट वीरगञ्जको मेयर उम्मेदवारी घोषणा :
“वीरगञ्जलाई भाषण होइन, योजना र परिणाम चाहिएको छ”
इन्जिनियर तथा पावर जेनेरेसन विशेषज्ञ अफजल हुसेनले आगामी स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
विदेशमा रहेर पनि वीरगञ्जका समस्या, पूर्वाधार, स्वास्थ्य, शिक्षा, वातावरण, खानेपानी, ढल तथा औद्योगिक विकासका विषयमा अध्ययन र स्थलगत अवलोकन गर्दै आएका हुसेनले भनेका छन्
“वीरगञ्ज मेरो लागि चुनाव जित्ने ठाउँ मात्र होइन, बनाउने जिम्मेवारी हो।
म पदका लागि होइन, स्पष्ट योजना र कामको परिणाम लिएर जनतामाझ आउँदैछु।”
उनको प्राथमिकता:
Engineer + Planner + Problem Solver
उनले वीरगञ्जको आगामी ५ वर्षका लागि स्पष्ट विकास रोडम्यापसहित सार्वजनिक बहसमा आउन र आफ्ना योजना जनतासामु प्रस्तुत गर्न सबै सम्भावित उम्मेदवारलाई आग्रह गरेका छन्।
“अब वीरगञ्जमा व्यक्ति होइन, Vision र परिणामबारे बहस गरौँ।”

