वीरगञ्जका समस्या बुझ्दै मेयरका उम्मेदवार अफजल हुसैन
वीरगञ्ज महानगरपालिकाका प्रमुख समस्याहरूलाई स्थलगत रूपमा अध्ययन गर्दै समाधानका लागि सम्बन्धित निकायसम्म विषय पुर्याउँदै आएको इन्जिनियर बिज्ञ ई. अफजल हुसैनले बताएका छन्।
उनका अनुसार वीरगञ्ज चिनी मिलको स्थलगत अनुगमन गरी अध्ययन तथा प्रतिवेदन तयार गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिएको छ। चिनी मिलका मेसिनरी तथा पार्टपुर्जाको अवस्थाबारे सम्बन्धित अधिकारीलाई जानकारी गराइएको र त्यसपछि सरकारी टोलीबाट समेत निरीक्षण भएको उनको भनाइ छ।
त्यस्तै, सिर्सिया नदी, नारायणी अस्पताल, नेपाल विद्युत् प्राधिकरण, सरकारी तथा सामुदायिक विद्यालय, खानेपानी संस्था, विभिन्न वडा र ट्राफिक व्यवस्थापनका विषयमा समेत स्थलगत अनुगमन तथा सम्बन्धित अधिकारीसँग छलफल गरेको हुसैनले बताएका छन्।
वडा तहमा पुगेर ढल, नाला, सडक तथा नागरिकका आधारभूत समस्याबारे जानकारी लिएको र समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको उनको दाबी छ।
हुसैनले भनेका छन्, “मेरो उद्देश्य केवल समस्या देखाउनु होइन—समस्या पहिचान गर्ने, सम्बन्धित निकायसम्म विषय पुर्याउने र सम्भावित समाधान खोज्ने हो।”
उनले वीरगञ्जको विकासका लागि समस्या पहिचानसँगै स्पष्ट योजना, जिम्मेवारी र परिणाममुखी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।

