रिपोर्टर्स क्लब नेपाल पर्साको अध्यक्षमा राजेन्द्र प्रसाद साह, जितेन्द्र कुमार सिंहलाई पनि जिम्मेवारी
वीरगञ्ज । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले पर्सा जिल्ला अध्यक्षमा राजेन्द्र प्रसाद साहलाई जिम्मेवारी प्रदान गरेका छन्। साथै, जितेन्द्र कुमार सिंहलाई पनि औपचारिक रूपमा जिम्मेवारी दिइएको छ।
मधेश प्रदेशका समस्या, पीडित नागरिकका आवाज तथा जनसरोकारका विषयलाई सत्यतथ्य र निष्पक्ष रूपमा समाचारमार्फत उजागर गर्ने उद्देश्यले दुवै जनालाई जिम्मेवारी प्रदान गरिएको हो।
पत्रकारितालाई थप प्रभावकारी, जिम्मेवार र जनमुखी बनाउँदै मधेशमा रहेका सामाजिक, आर्थिक तथा विकाससम्बन्धी समस्यालाई राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य रहेको छ।
नयाँ जिम्मेवारीसँगै पीडितहरूको समस्या, जनताको गुनासो तथा स्थानीय स्तरमा देखिएका विकृति र विसङ्गतिलाई तथ्यमा आधारित भएर प्रस्तुत गर्दै निष्पक्ष पत्रकारितालाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।
यस जिम्मेवारीले मधेशका जनताको आवाजलाई सशक्त रूपमा उठाउन तथा ओझेलमा परेका समस्या र मुद्दालाई राष्ट्रिय स्तरसम्म पुर्याउन योगदान पुग्ने विश्वास गरिएको छ।

