Tuesday, October 20, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

सुवर्ण गाउँपालिका अध्यक्षमा युवा इन्जिनियर परवेज खानको चर्चा

चराचर खबर by चराचर खबर
October 14, 2026
in समाचार
0
सुवर्ण गाउँपालिका अध्यक्षमा युवा इन्जिनियर परवेज खानको चर्चा
10
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter

सुवर्ण गाउँपालिका अध्यक्षमा युवा इन्जिनियर परवेज खानको चर्चा

बारा । आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै बाराको सुवर्ण गाउँपालिकामा युवा इन्जिनियर परवेज खानको नाम अध्यक्ष पदको सम्भावित उम्मेदवारका रूपमा चर्चामा आउन थालेको छ।

सुवर्ण गाउँपालिका–८, परशुरामपुर निवासी ३२ वर्षीय खान करिब एक दशकदेखि इन्जिनियरिङ पेसामा सक्रिय छन्। राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी विकास निर्माणका काममा विभिन्न १० जिल्लामा पुगेर अनुभव हासिल गरिसकेका छन्।

पछिल्लो समय राजनीतिमा युवाहरूको बढ्दो आकर्षणसँगै प्राविधिक ज्ञान र पेसागत अनुभव भएका व्यक्तिलाई स्थानीय नेतृत्वमा ल्याउनुपर्ने आवाज उठिरहेको छ। यही सन्दर्भमा खानलाई गाउँपालिकाको नेतृत्वमा अघि सार्नुपर्ने चर्चा स्थानीयस्तरमा हुन थालेको हो।

उनका समर्थकहरूले खान नेतृत्वमा आए शिक्षा, कृषि आधुनिकीकरण, पूर्वाधार विकास, रोजगारी सिर्जना र युवाको सशक्तीकरणमा नयाँ पहल हुन सक्ने अपेक्षा गरेका छन्।

बीपी कोइरालाको राजनीतिक सिद्धान्तबाट प्रभावित खान सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय हुने मनसायमा रहेको उनका समकक्षीहरू बताउँछन्। यद्यपि, आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने विषयमा उनको औपचारिक घोषणा भने सार्वजनिक भएको छैन।

युवाको नेतृत्वप्रति बढ्दो आकर्षणका बीच सुवर्ण गाउँपालिकामा खानको सम्भावित उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।

Previous Post

वीरगञ्ज महानगरको आर्थिक पारदर्शितामाथि जेनजी पर्साको प्रश्न, विशेष साहको नेतृत्वमा मागियो विस्तृत विवरण

Next Post

मोटरसाइकलको तीव्र गति नियन्त्रणमा प्रहरीको सक्रियता, एसपी रुपेश खड्काको कार्यको प्रशंसा

चराचर खबर

चराचर खबर

Next Post
मोटरसाइकलको तीव्र गति नियन्त्रणमा प्रहरीको सक्रियता, एसपी रुपेश खड्काको कार्यको प्रशंसा

मोटरसाइकलको तीव्र गति नियन्त्रणमा प्रहरीको सक्रियता, एसपी रुपेश खड्काको कार्यको प्रशंसा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l